मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक विज्ञप्ति जारी गर्दै हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने माथी भएको घटनाप्रती दुख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेको छ । साथै सार्वजनिक जमिन संरक्षण गर्दै सुकुम्बासीको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
नेकपाका जिल्ला सेक्रेटरी पेमा सीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा हेटौंडा-१ चौकीटोल, जरुवाटोल सब्जिमन्डिको उत्तरी भागको सार्वजनिक जमिन संरक्षणको लागि राजनीतिक दलहरु, सामाजिक अभियन्ता र आम नागरिकले राज्यका सबै निकायमा ध्यानाकर्षण गर्दा समेत जमिन रक्षा नभएको महशुस भएको बताएको छ । साथै हाम्रो संघर्ष दल विशेषका नेतृत्वमा होइन तर राजनीतिक दल र कर्मचारीको आँटमा गरेको भ्रष्टाचार र दलाल भु-माफिया प्रवृत्ति सङ्ग हो भनी विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त जमिन विजय रानाको नाममा रहेको भनी वारेसनामा गर्ने व्यक्ति दिनेश वाइवा, हेटौडा-१ का वडा अध्यक्ष र विनेश मैनाली मिलोमतोमा सार्वजनिक जमिनलाई कब्जा गरि बेचविखन समेत गरेकोले सार्वजनिक जमिन कब्जा विरुद्ध संरक्षण समिति र जनता सम्बन्धित स्थलमा प्रदर्शन गर्न पुग्दा मिति २०८२/०३/०२/ गते बडा अध्यक्षको आसपासका आन्दाजि ५० जना स्थानीय गुन्डागर्दी युवाहरु दिनेश वाइवाको नेतृत्वमा रड खुकुरी, तारवार खोडा, वियरको खाली बोतल सहित उपस्थिति हुँदा प्रहरी, वडा अध्यक्ष, जिल्ला प्राशसन कार्यालय मुखदर्शक देखिएको विज्ञप्ति जनाएको छ ।
उक्त दिन सुकुम्वासीहरुले शान्तिपुर्ण प्रदर्शन गरिरहँदा सार्वजनिक खाली जमिन गुण्न्डाराज गरि कब्जा गर्ने र सुकुम्बासी वसोवास गरेको स्थललाई नगरपालिकाको निर्णयको बहानामा घरटहरा खाली गर्ने १५ दिने निर्णय ठिक नभएको र समस्या समाधान र अराजकता नियन्त्रण गर्ने कार्यमा प्रशासन र जनप्रतिनिधिको राम्रो भुमिका नभएकोले सुकुम्वासी जनताको आक्रोस व्यक्त भइ हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने माथि चेतावनी कारवाहि स्वरुप सुकुम्बासी जनताले कालोमोसो दलेको विषयमा पार्टीको साथ समर्थन रहेको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
साथै विज्ञप्ति मार्फत वडा अध्यक्ष माथि भौतिक आक्रमण हुनु दुखत घटना भएको भन्दै वडा अध्यक्षलाई स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । साथै घटनाको समयमा सम्वन्धित पक्षले नियन्त्रणमा लिएको २ थान मोबाईल फिर्ता गर्न अनुरोध गर्दै घटनामा सलग्नता रहेको व्यक्तिलाई गल्ती अनुसार कानुनी प्राक्रुया बढाउने राज्यको कर्तव्य र दायित्व भएको बताएको छ । त्यस्तै विना कारण जनताको घर घरमा प्रहरी खटाइ दुख दिने कार्य मानवअधिकारको ठाडो उलंघन देखिन्छ । नेकपा केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सी को घरमा प्रहरी सहित अन्य गुण्डागर्दीहरुको आँटमा गरेको आतंकको दादागिरी खानतलासी बन्द गर्न विज्ञप्ति मार्फत अनुरोध गरेको छ । साथै मिति २०८२/०३/०५/ गतेबाट सुकुम्वासी जनता आफ्नो बासको लागि हेटौडा -११ थानाभर्याङ्गमा खाली जमिनमा बस्ने क्रममा विक्रम थिङ्ग सहित ५ जनाको गिरफ्तारी प्रती घोर भत्सर्ना गर्दै रिहाइको लागि जोडादार माग गरेको । थानाभर्याङ्गको खाली जमिनमा भुमिहिन सुकुम्बासी जनता मात्र बस्न विज्ञप्ति मार्फत अनुरोध र अपिल गरेको छ । भुमिहिन सुकुम्बासीको पहिचान गरि बासको लागि जमिन उपलब्ध गर्न राज्यका सबै निकायमा अनुरोध गर्दै जनताको जायज माग प्रती राज्यका निकाय जिम्मेवार बनि समयमै सम्बोधन गर्न पहल रहने आशा गरेको छ ।
साथै जनताको आवाजलाई हतियारको बलमा दमन गर्नु मुर्खता हुने दमनको समाधान प्रतिरोध हुने भएकाले सार्वजनिक जमिनको रक्षा र भुमिहिन सुकुम्बासीको व्यबस्थापन राज्यका निकायले समयमै छानबिन गरि समाधानको उपायको खोजिमा लाग्न विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।














