हेटौडा उपमहानगरद्वारा तिहार लक्षित अनुगमन: दुई पसल कारबाहीमा, प्लास्टिक फूल बिक्रीमा कडाइ

हेटौडा, अशोज २९ गते । हेटौडा उपमहानगरपालिकाले तिहार पर्व लक्षित गर्दै प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको सूचनालाई कार्यान्वयनमा ल्याउँदै बजार अनुगमन थालेको छ। उपमहानगरले प्राकृतिक फूलको उपयोगलाई प्रोत्साहन गर्न तथा प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।

बुधबार गरिएको बजार अनुगमनका क्रममा दुई पसलले नगरको निर्देशन उल्लंघन गरी प्लास्टिकका फूल बिक्री वितरण गरेको पाइएकोले ती पसलहरूलाई कारबाही गरिएको उपमहानगरका अधिकारीहरूले जनाएका छन्।

नगरका अनुसार तिहारका फूलहरू निश्चित स्थानमा मात्र बिक्री गर्न पाइने र प्लास्टिकका फूलहरू बिक्री वा प्रदर्शन गर्न पाईने छैन। त्यस्तै, दर्ता भएका मिठाई पसलहरूले मात्र मिठाई बिक्री वितरण गर्न सक्ने प्रावधानमा उल्लेख गरेको छ।

उपमहानगरले वातावरणमैत्री तिहार मनाउन सबैलाई आग्रह गर्दै निर्देशन उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.