हेटौंडा, अ्शोज २९ गते । सार्वजनिक जमिनको संरक्षण र भू–माफिया विरुद्धको संघर्षमा संलग्न हेटौंडा–१३ बनस्पति निवासी युवा संगठनका सदस्य कमरेड विजय जिम्बा रिहा भएका छन्।
जिम्बा माथि हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई कालोमोसो दलेको आरोपमा प्रहरीले झुटा मुद्दा दर्ता गरी पक्राउ गरेको भन्दै समर्थकहरूले आपत्ति जनाएका थिए। प्रहरीले उक्त घटना सम्बन्धी प्रतिवेदनमा जिम्बाको नाम राखी मिति २०८२ असोज २६ गते राति ९ बजे उनलाई घरबाटै पक्राउ गरेको थियो।
मुद्दासँग सम्बन्धित सुनुवाइपछि जिल्ला अदालत मकवानपुरले असोज २८ गते १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर तत्काल धरौटी रकम तिर्न नसक्दा उनी भिमफेदी कारागार पुगेका थिए।
असोज २९ गते धरौटी रकम बुझाएर रिहा भएका जिम्बालाई समर्थकहरूले खुलेआम स्वागत गरेका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 216














