औषधी बोकेको ट्रक भीमफेदीको बगुवा सडकखण्डमा दुर्घटना

मकवानपुर, मंसिर ६ गते । काठमाडौँतर्फ औषधी लिएर जाँदै गरेको एक ट्रक शनिबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कान्ति लोकपथ अन्तर्गतको सो सडक खण्डमा ट्रक अनियन्त्रित भई सडक छेउ खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण, क्षति तथा चालकको अवस्थाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.