Day: २०८२ मंसिर ६, शनिबार २१:२१

मुआब्जा नपाएकाले पाउनै पर्छ, हेटौंडाको सडक विस्तार अब ढिलाइ गर्न मिल्दैन : वडाध्यक्ष सिग्देल

मुआब्जा नपाएकाले पाउनै पर्छ, हेटौंडाको सडक विस्तार अब ढिलाइ गर्न मिल्दैन : वडाध्यक्ष सिग्देल

हेटौंडा, मंसिर ६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले हेटौंडामा भइरहेको सडक विस्तार तथा विकास कार्य अब ढिला गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले मुआब्जा नपाएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराएर सडक फराकिलो बनाउने कार्यलाई तत्काल अघि बढाउनु पर्नेमा जोड दिएका छन्। “मुआब्जा नपाउनेले पाउनु पर्छ, हेटौंडाको सडक फराकिलो हुनुपर्छ। हेटौंडाबासीको चाहना, आजको आवश्यकता यही हो। अब ढिला नगराैँ,” सिग्देलले आफ्नो स्टाटसमार्फत उल्लेख गरेका छन्। सडक विस्तारको विषयमा केही समयदेखि स्थानीय सरोकारवालाबीच मतभेद देखिँदै आएको अवस्थामा वडाध्यक्ष सिग्देलको सार्वजनिक अभिव्यक्ति महत्त्वपूर्ण मानिएको छ। उनले विकास कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको र नगरको दीर्घकालीन हितका…
Read More
खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पुरुषको मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पुरुषको मृत्यु

झापा, मंसिर ६ गते । गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाहमार्फत माछा मार्ने प्रयास गर्दा ताजपुरिया अचानक करेन्टको चपेटामा परेका थिए। करेन्ट लागेपछि उनी घटनास्थलमै ढलेका थिए। घटनाबारे उनकी पत्नी फूलकुमारीले स्थानीयबासीलगायत प्रहरीलाई तत्काल खबर गरेकी थिइन्। प्रहरी पुगेपछि घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान थालिएको जनाएको छ।
Read More
बरहवा पुल नजिक १२ हजार भोल्टको तारको चपेटमा परी बालकको मृत्यु

बरहवा पुल नजिक १२ हजार भोल्टको तारको चपेटमा परी बालकको मृत्यु

रौतहट, गौर, मंसिर ६ गते । गौर नगरपालिका–८ बरहवा पुलभन्दा उत्तर हनुमान मन्दिर चोकमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। बिरबहादुर साहको निर्माणाधीन घरको छतमा खेल्ने क्रममा १२ हजार भोल्टको विद्युत् तारको चपेटामा पर्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल नजिक गुज्रेको उच्च भोल्टेज लाइनमा बालकले हात छोइएपछि करेन्ट लागेको प्रहरीले बताएको छ। बालक निर्माणधीन भवनको छतमा साथीसँग खेलिरहेका बेला उक्त दुर्घटना भएको स्थानीयले बताएका छन्। प्रहरी र स्थानीयको सहयोगमा बालकलाई उद्धार गर्ने प्रयास गरिए पनि तत्कालै मृत्यु भइसकेको पुष्टि गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
इन्द्रसरोवर–३ सिस्नेरीमा बोलेरो नदीमा डुब्यो, सबै यात्रु सकुशल उद्धार

इन्द्रसरोवर–३ सिस्नेरीमा बोलेरो नदीमा डुब्यो, सबै यात्रु सकुशल उद्धार

इन्द्रसरोवर, मंसिर ६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित भित्री सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भई बागमती नदीमा डुबिने घटना भएको छ। शुक्रबार साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरी तर्फ गइरहेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो नदी तर्ने क्रममा दुर्घटना ग्रस्त बनेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदीमा जमेको फिज पार गर्न खोज्दा गाडीको पछिल्लो चक्का ढुङ्गामा अड्किएपछि सन्तुलन गुम्दै गाडी एक्कासि नदीमा पल्टिएको थियो। पानीमा पूरा गाडी डुबेको भए पनि चालक र यात्रुहरू सबै सकुशल रहेको प्रहरी चौकी सिस्नेरीले पुष्टि गरेको छ। मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। घटनाबारे शनिबार दिउँसो १२ बजेतिर सूचना प्राप्त गरेपछि प्रहरी टोली…
Read More
अधिवेशन पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघका पदाधिकारीसँग समसामयिक विषयमा अन्तरक्रिया

अधिवेशन पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघका पदाधिकारीसँग समसामयिक विषयमा अन्तरक्रिया

हेटौंडा, मंसिर ६ गते । आगामी अधिवेशनको पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष, उपमहासचिव, जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीसँग समसामयिक विषय तथा संगठनगत तयारीबारे एक महत्वपूर्ण अन्तरक्रिया सम्पन्न भएको छ। अन्तरक्रियामा हालको पत्रकारिता क्षेत्रका चुनौती, संगठनलाई थप सुदृढ बनाउने उपाय, अधिवेशनका तयारी अवस्था तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। पदाधिकारीहरूले संगठनको भूमिकालाई प्रभावकारी बनाउने, सदस्यताको सुदृढीकरण, पारदर्शिता र सहकार्य प्रवर्द्धन गर्न आवश्यक रणनीतिबारे आफ्ना भनाइ प्रस्तुत गरेका थिए। अधिवेशनलाई सफल र अनुकरणीय बनाउन सबै तहका पदाधिकारीहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहने भन्दै कार्यक्रमका सहभागीहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
Read More
पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

हेटौंडा, मंसिर ६ गते । बागमती प्रदेशको राजधानी हेटौंडा–१३ स्थित पदमपोखरी चोक बजार अब अन्धकारमय क्षेत्रको पहिचानबाट मुक्त हुँदै आधुनिक र उज्यालो सहरको नयाँ रूप लिन लागेको छ। सहरको सौन्दर्यसँगै सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै चोक बजार क्षेत्रमा अत्याधुनिक प्रकाश उपकरण जडान कार्य सुरु भएको वडाध्यक्ष पेम्बा लामाले जानकारी दिएका छन्। उनका अनुसार लामो समयदेखि योजनामा रहेको आधुनिक प्रकाश व्यवस्था अब कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। बजारको भित्री क्षेत्रदेखि मुख्य चोकसम्म उच्च क्षमताका LED डिजिटल बत्ती जडानसँगै दुई थान मिनी–मास्ट स्थापनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। यसले चोक क्षेत्रलाई चौबीसै घण्टा पूर्णरूपमा उज्यालो बनाउने छ। अन्धकारका कारण विगतमा घटना-दुर्घटना, चोरी–निकासी…
Read More
कन्टेन्ट क्रियटर Arzun ARK माथि आक्रमणप्रति चर्को विरोध, अभिव्यक्ति स्वतन्त्रता संरक्षणको माग

कन्टेन्ट क्रियटर Arzun ARK माथि आक्रमणप्रति चर्को विरोध, अभिव्यक्ति स्वतन्त्रता संरक्षणको माग

काठमाडौँ, मंसिर ६ गते । कन्टेन्ट क्रियटर अर्जुन ARK माथि भएको आक्रमणप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। ARK ले तयार पारेको एउटा ‘रोस्ट’ भिडियोका कारण केही व्यक्तिहरू उक्सिएर शारीरिक आक्रमणमा उत्रिएको भन्दै विभिन्न व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। हिमेश पन्तले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला चुनौती बताएका छन्। उनले हास्य सहन नसक्ने, तर्क बुझ्न नसक्ने र नेताको पक्षमा अन्धविश्वासपूर्ण रुपमा लाग्ने समूहकै कारण देश बिग्रिएको टिप्पणी गरेका छन्। उनले सरकारलाई जनताको सुरक्षामा ध्यान दिन र ‘मासुभाते गुन्डा’ भन्दै उल्लेख गरिएका आक्रमणकारीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्। "हिजो ARK लाई कुटे, आज कसैको मिमले पोल्यो भने?…
Read More
लामो समयपछि ‘लोकतान्त्रिक चौर’मा आधुनिक उज्यालो—अब २४ घण्टै सुरक्षित र सक्रिय

लामो समयपछि ‘लोकतान्त्रिक चौर’मा आधुनिक उज्यालो—अब २४ घण्टै सुरक्षित र सक्रिय

हेटौँडा, मंसिर ६ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित बागमती प्रदेशको राजधानी केन्द्रमा रहेको ‘लोकतान्त्रिक चौर (हुप्र)’ अब आधुनिक प्रकाश व्यवस्थासहित २४ घण्टा उज्यालो बन्ने भएको छ। चौर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यसहित उच्च क्षमताकाे प्रकाश उपकरण जडानको कार्य सुरु गरिएको वडाध्यक्ष नविन सिग्देलले जानकारी दिएको छ। वडाध्यक्ष सिग्देलका अनुसार :-  मञ्च क्षेत्रतर्फ ८ वटा बत्ती सहितको एक थान हाई–मास्ट र पानी ट्यांकी तथा भलिबल कोर्ट नजिक ६–६ बत्ती जडित दुई थान मिनी–मास्ट जडानको काम अगाडि बढाइएको छ। यी बत्तीहरू सञ्चालनमा आएपछि चौरको आन्तरिक भागमा अब अन्धकारको समस्या रहने छैन भने साँझ–बिहान विविध गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा…
Read More
कुलेखानी–फाखेल सडकमा पिच कार्य तीव्र, महालक्ष्मी खोला किनारमा चिसोका कारण काम रोकियो

कुलेखानी–फाखेल सडकमा पिच कार्य तीव्र, महालक्ष्मी खोला किनारमा चिसोका कारण काम रोकियो

मकवानपुर, मंसिर ६ गते । मकवानपुर जिल्लाको कुलेखानी–फाखेल सडकखण्डमा हाल पिच (कालेपत्रे) गर्ने कार्य तीव्र रूपमा भइरहेको छ। अधिकांश स्थानहरूमा कालेपत्रेको काम निरन्तर रूपमा अघि बढिरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्। तर महालक्ष्मी खोला नजिकको सडक भागमा भने घाम नलाग्ने र अत्यधिक चिसो हुने भएकाले पिच गर्न समस्या देखिएको छ। स्थानीय बासिन्दा आस बहादुर भ्लोनका अनुसार उक्त क्षेत्रमा तापक्रम कम भएकाले कालेपत्रे टाँसिन नसक्ने हुँदा हालका लागि काम रोकिएको छ। भ्लोनले भने, “घाम नलाग्ने भएकाले त्यस ठाउँमा चिसो धेरै हुन्छ। कालेपत्रे टाँसिन नसक्ने हुँदा त्यो भागमा काम केही समयका लागि रोकिएको हो।” यद्यपि अन्य सबै सडक खण्डहरूमा भने कालेपत्रेको काम द्रुत…
Read More
काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

काठमाडौँबाट बारा जाँदै गरेको सुमोले बाइकलाई ठक्कर, एकजना घाइते

मकवानपुर, मंसिर ६ गते । काठमाडौँबाट बारा जाँदै गरेको ना १ ज २८९४ नम्बरको सुमोले बा. प्र ११५ पा ५६६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार विकास भोम्जानका साथी घाइते भएका हुन्। घाइते व्यक्तिको हाल बि.एम. बिमा अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण र चालकको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.