रौतहट, गौर, मंसिर ६ गते । गौर नगरपालिका–८ बरहवा पुलभन्दा उत्तर हनुमान मन्दिर चोकमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। बिरबहादुर साहको निर्माणाधीन घरको छतमा खेल्ने क्रममा १२ हजार भोल्टको विद्युत् तारको चपेटामा पर्दा बालकको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थल नजिक गुज्रेको उच्च भोल्टेज लाइनमा बालकले हात छोइएपछि करेन्ट लागेको प्रहरीले बताएको छ। बालक निर्माणधीन भवनको छतमा साथीसँग खेलिरहेका बेला उक्त दुर्घटना भएको स्थानीयले बताएका छन्।
प्रहरी र स्थानीयको सहयोगमा बालकलाई उद्धार गर्ने प्रयास गरिए पनि तत्कालै मृत्यु भइसकेको पुष्टि गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 109














