मुआब्जा नपाएकाले पाउनै पर्छ, हेटौंडाको सडक विस्तार अब ढिलाइ गर्न मिल्दैन : वडाध्यक्ष सिग्देल

हेटौंडा, मंसिर ६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले हेटौंडामा भइरहेको सडक विस्तार तथा विकास कार्य अब ढिला गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले मुआब्जा नपाएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराएर सडक फराकिलो बनाउने कार्यलाई तत्काल अघि बढाउनु पर्नेमा जोड दिएका छन्।

“मुआब्जा नपाउनेले पाउनु पर्छ, हेटौंडाको सडक फराकिलो हुनुपर्छ। हेटौंडाबासीको चाहना, आजको आवश्यकता यही हो। अब ढिला नगराैँ,” सिग्देलले आफ्नो स्टाटसमार्फत उल्लेख गरेका छन्।

सडक विस्तारको विषयमा केही समयदेखि स्थानीय सरोकारवालाबीच मतभेद देखिँदै आएको अवस्थामा वडाध्यक्ष सिग्देलको सार्वजनिक अभिव्यक्ति महत्त्वपूर्ण मानिएको छ। उनले विकास कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको र नगरको दीर्घकालीन हितका लागि समयमै निर्णय र कार्यान्वयन अनिवार्य भएको बताए।

स्थानीय बासिन्दाले पनि सडक विस्तारलाई आवश्यक मान्दै प्रशासन र जनप्रतिनिधिबीच समन्वय गरी चाँडो काम अघि बढाउन माग गर्दै आएका छन्। सिग्देलको अभिव्यक्ति त्यही जनचाहनाको प्रतिफलको रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.