मकवानपुर, मंसिर ६ गते । मकवानपुर जिल्लाको कुलेखानी–फाखेल सडकखण्डमा हाल पिच (कालेपत्रे) गर्ने कार्य तीव्र रूपमा भइरहेको छ। अधिकांश स्थानहरूमा कालेपत्रेको काम निरन्तर रूपमा अघि बढिरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
तर महालक्ष्मी खोला नजिकको सडक भागमा भने घाम नलाग्ने र अत्यधिक चिसो हुने भएकाले पिच गर्न समस्या देखिएको छ। स्थानीय बासिन्दा आस बहादुर भ्लोनका अनुसार उक्त क्षेत्रमा तापक्रम कम भएकाले कालेपत्रे टाँसिन नसक्ने हुँदा हालका लागि काम रोकिएको छ।

भ्लोनले भने, “घाम नलाग्ने भएकाले त्यस ठाउँमा चिसो धेरै हुन्छ। कालेपत्रे टाँसिन नसक्ने हुँदा त्यो भागमा काम केही समयका लागि रोकिएको हो।”
यद्यपि अन्य सबै सडक खण्डहरूमा भने कालेपत्रेको काम द्रुत गतिमा जारी रहेको निर्माण पक्षले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 211














