हेटौंडा, मंसिर ६ गते । आगामी अधिवेशनको पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष, उपमहासचिव, जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीसँग समसामयिक विषय तथा संगठनगत तयारीबारे एक महत्वपूर्ण अन्तरक्रिया सम्पन्न भएको छ।
अन्तरक्रियामा हालको पत्रकारिता क्षेत्रका चुनौती, संगठनलाई थप सुदृढ बनाउने उपाय, अधिवेशनका तयारी अवस्था तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। पदाधिकारीहरूले संगठनको भूमिकालाई प्रभावकारी बनाउने, सदस्यताको सुदृढीकरण, पारदर्शिता र सहकार्य प्रवर्द्धन गर्न आवश्यक रणनीतिबारे आफ्ना भनाइ प्रस्तुत गरेका थिए।
अधिवेशनलाई सफल र अनुकरणीय बनाउन सबै तहका पदाधिकारीहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहने भन्दै कार्यक्रमका सहभागीहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 64



























