पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

हेटौंडा, मंसिर ६ गते । बागमती प्रदेशको राजधानी हेटौंडा–१३ स्थित पदमपोखरी चोक बजार अब अन्धकारमय क्षेत्रको पहिचानबाट मुक्त हुँदै आधुनिक र उज्यालो सहरको नयाँ रूप लिन लागेको छ। सहरको सौन्दर्यसँगै सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै चोक बजार क्षेत्रमा अत्याधुनिक प्रकाश उपकरण जडान कार्य सुरु भएको वडाध्यक्ष पेम्बा लामाले जानकारी दिएका छन्।

उनका अनुसार लामो समयदेखि योजनामा रहेको आधुनिक प्रकाश व्यवस्था अब कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। बजारको भित्री क्षेत्रदेखि मुख्य चोकसम्म उच्च क्षमताका LED डिजिटल बत्ती जडानसँगै दुई थान मिनी–मास्ट स्थापनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। यसले चोक क्षेत्रलाई चौबीसै घण्टा पूर्णरूपमा उज्यालो बनाउने छ।

अन्धकारका कारण विगतमा घटना-दुर्घटना, चोरी–निकासी तथा अन्य आपराधिक गतिविधि हुने सम्भावना उच्च हुने गरेकोमा आधुनिक बत्ती विस्तारले अब त्यस्ता घटनामा ठूलाे मात्रामा कमी आउने अपेक्षा गरिएको छ। विशेषतः महिलाहरूका लागि साँझपख सुरक्षित रूपमा हिँडडुल गर्न सहज वातावरण बन्ने स्थानीयहरूको विश्वास छ।

सहरलाई उज्यालो बनाउनु पूर्वाधार विकासको महत्वपूर्ण आधारशिलामध्ये एक भएको उल्लेख गर्दै वडाध्यक्ष लामाले भविष्यमा पनि यस्तै प्रविधिमुखी विकास कार्यलाई निरन्तर अघि बढाइने बताए। उनले नगरप्रमुख तथा कार्यपालिका सदस्यहरूले दिएको सहयोगका लागि आभार व्यक्त गर्दै अभियान सफल बनाउन स्थानीयवासीहरूको निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे।

आधुनिक प्रकाश व्यवस्था सञ्चालनमा आएपछि पदमपोखरी चोक बजार अब अन्धकार होइन, उज्यालो, सुरक्षित र व्यवस्थित सहरको नयाँ पहिचानका साथ अघि बढ्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

पदमपोखरी चोक बजारमा २४ घण्टा आधुनिक प्रकाश: उज्यालो र सुरक्षित सहर निर्माणतर्फ वडाको पहल

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.