इन्द्रसरोवर–३ सिस्नेरीमा बोलेरो नदीमा डुब्यो, सबै यात्रु सकुशल उद्धार

इन्द्रसरोवर, मंसिर ६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित भित्री सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भई बागमती नदीमा डुबिने घटना भएको छ। शुक्रबार साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरी तर्फ गइरहेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो नदी तर्ने क्रममा दुर्घटना ग्रस्त बनेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदीमा जमेको फिज पार गर्न खोज्दा गाडीको पछिल्लो चक्का ढुङ्गामा अड्किएपछि सन्तुलन गुम्दै गाडी एक्कासि नदीमा पल्टिएको थियो। पानीमा पूरा गाडी डुबेको भए पनि चालक र यात्रुहरू सबै सकुशल रहेको प्रहरी चौकी सिस्नेरीले पुष्टि गरेको छ। मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

घटनाबारे शनिबार दिउँसो १२ बजेतिर सूचना प्राप्त गरेपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो। टोलीले नदीमा डुबेको बोलेरोलाई बाहिर निकाली सुरक्षित स्थानमा राखेको जनाएको छ। गाडीमा केही भौतिक क्षति पुगेको अनुमान गरिएको छ भने विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.