झापा, मंसिर ६ गते । गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाहमार्फत माछा मार्ने प्रयास गर्दा ताजपुरिया अचानक करेन्टको चपेटामा परेका थिए। करेन्ट लागेपछि उनी घटनास्थलमै ढलेका थिए।
घटनाबारे उनकी पत्नी फूलकुमारीले स्थानीयबासीलगायत प्रहरीलाई तत्काल खबर गरेकी थिइन्। प्रहरी पुगेपछि घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान थालिएको जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 84














