हेटौँडा, फागुन १७ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयका सम्पूर्ण कर्मचारीहरू मतदान केन्द्रमा खटाइने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रवाह हुँदै आएका अधिकांश सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्।

कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ साल फागुन १९ गतेदेखि २२ गतेसम्म शान्ति सुरक्षा लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन्। निर्वाचन सम्पन्न भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू पुनः नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।
उक्त निर्णय कार्यालयको मिति २०८२ साल फागुन १७ गतेको निर्णयअनुसार गरिएको हो। यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधा प्रति कार्यालयले क्षमायाचना गर्दै आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 146














