नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं, चैत्र ५ गते । नगरकोट जाने क्रममा दुई जना भ्लगरमाथि कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन्।

केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवक भ्लगरमाथि कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र प्रतिक्रिया आएको थियो।

भिडियो भाइरल भएसँगै प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो। सोही क्रममा बिहीबार तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.