निजामती कर्मचारीको विवरण अद्यावधिक गर्न विशेष अभियान सुरु, इमेलमार्फत विवरण पठाउन आग्रह

काठमाडौँ, चैत १८ गते । राष्ट्रिय किताबखानाले निजामती कर्मचारीहरूको वैयक्तिक विवरण (PIS) अद्यावधिक गर्न विशेष अभियान सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अद्यावधिक नभएका कर्मचारी विवरणहरूलाई व्यवस्थित र अद्यावधिक बनाउने उद्देश्यले उक्त सार्वजनिक सूचना जारी गरिएको हो।

जारी सूचनाअनुसार राष्ट्रिय किताबखानामा रहेको आफ्नो विवरण अद्यावधिक नभएको अवस्थामा कर्मचारीहरूले नागरिक एप वा विभागको वेबसाइटमा रहेको PIS login मार्फत के–कस्ता सूचना अद्यावधिक हुन बाँकी छन् भन्ने यकिन गर्नुपर्नेछ। त्यसपछि वेबसाइटमा उपलब्ध ‘कर्मचारी सूचना अद्यावधिक विशेष अभियान फारम’ भरी आवश्यक विवरण तथा त्यसको पुष्टि गर्ने कागजात संलग्न गरी update@pis.gov.np इमेल मार्फत पठाउन आग्रह गरिएको छ।

सूचनामा प्रचलित कानुन बमोजिम अद्यावधिक गर्न मिल्ने सम्पूर्ण विवरणहरू छिटो र प्रभावकारी रूपमा सच्याउन विशेष कार्य समूह (टास्क टिम) परिचालन गरिएको उल्लेख छ। सोहीअनुसार सबै निजामती कर्मचारीलाई आफू सम्बन्धित छुटेका वा सच्याउनुपर्ने विवरणहरू समयमै पठाई अभियान सफल बनाउन अनुरोध गरिएको छ।

साथै, कर्मचारी सूचना अद्यावधिक विशेष अभियान फारमको नमुना विभागको वेबसाइटको ‘सेवाहरू’ मेनु अन्तर्गत ‘वैयक्तिक विवरण अद्यावधिक’ सब मेनुमा उपलब्ध रहेको पनि सूचनामा जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.