काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क सीप विकास तालिमको आह्वान

काठमाडौँ। काठमाडौं महानगरपालिकाले १८ देखि ५८ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकहरूका लागि विभिन्न ३४ वटा निःशुल्क सीप विकास तालिमहरू सञ्चालन गर्ने भएको छ। आगामी जेठ ७ गते काठमाडौंको टुँडिखेलमा सुरु हुने सीप मेलामा यी तालिमहरू प्रदान गरिने छन्।

महानगरपालिकाले सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायको सहकार्यमा यस वर्ष २०८२ जनालाई तालिम दिने लक्ष्य राखेको छ। काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।

तालिमहरू आईसीटी, स्पेसल एबिलिटी सपोर्ट स्किल, इलेक्ट्रिक्स, गार्मेन्ट्स, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एन्ड स्कप्चर, कृषि र सेवा जस्ता विभिन्न १० क्षेत्रमा आधारित हुनेछन्। आईसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता विषय समावेश छन् भने आर्ट एन्ड स्कप्चरमा ज्योतिष र पुरोहित जस्ता परम्परागत सीप पनि समेटिएका छन्।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सीपमेलाको वेबसाइटमा गएर जेठ ५ गतेभित्र आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.