रतुवामाई नगरपालिकाले नगरका ३ स्थानमा बृहत स्वास्थ्य शिविर गर्दै

रतुवामाई। मोरङको रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सिजुवाको आयोजनामा र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर टोलीसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

नगरवासीहरूलाई लक्षित गर्दै नगरभित्रका ३ स्थानमा आयोजना गरिएको यस शिविरले विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ। शिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी रोग, नाक–कान–घाँटी, मुटुका रोग सम्बन्धी परीक्षण, प्रयोगशालामा रगत तथा पिसाब परीक्षण, रेडियोलोजिकल जाँच, साथै दन्त चिकित्सा जस्ता ११ प्रकारका सेवाहरू उपलब्ध हुनेछन् ।

नगरपालिकाले जनाएका अनुसार, शिविर परीक्षणको क्रममा गम्भीर रोग पत्ता लागेका बिरामीहरूलाई नोबेल अस्पताल, विराटनगरमा ५०% छुटमा शल्यक्रिया गरिनेछ भने काठमाडौं मेडिकल कलेज मा १००% छुटमा उपचार उपलब्ध गराइनेछ । भोली जेठ १९ गते सोमबार रतुवामाई नगर अस्पताल, रतुवामाई–४, झुर्कियामा, जेठ २० गते मंगलबार सौठा बहुमुखी क्याम्पस, रतुवामाई–६, सौठामा र जेठ २३ गते शुक्रबार सर्वेश्वर शिवालय मन्दिर रतुवामाई -९ भौडाहामा शिविर आयोजना गरिएको हो ।

विरामी दर्ताका लागि बिहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म समेत निर्धारण गरिएको छ । नगरपालिकाले नगर क्षेत्रका सबै बासिन्दालाई शिविरको लाभ उठाउन हार्दिक अनुरोध गरेको छ । नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारका लागि यो शिविर निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.