रतुवामाईका गृहिणीलाई ३० दिने ब्युटी पार्लर तालिम

रतुवामाई। सोनाली मल्टीप्रपोज एण्ड ड्राइभिङ स्कूल प्रा.लि. बिराटनगरको आयोजना तथा रतुवामाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३० दिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ।

नगरका गृहिणीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन भएको ३० दिने ब्युटी पार्लर तालीम शुक्रबार सम्पन्न भएको हो ।
रतुवामाई नगरपालिका–७ सिजुवास्थित वडा कार्यालयको सभा हलमा शुक्रबार एक कार्यक्रमबीच तालिममा सहभागी ३० जना गृहिणी महिलाहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंहले तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगरभित्र कुनै पनि व्यक्ति बेरोजगार नहोउन् भन्ने उद्देश्यले नगरपालिकाले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताए। उनले थपे, “नगरवासीलाई सीप प्रदान गरेर आत्मनिर्भर र स्वरोजगार बनाउने हाम्रो लक्ष्य हो ।

ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्तो तालिम महत्वपूर्ण हुने विश्वास लिएको छ।”तालिममा सहभागी गृहिणीहरूले तालिमबाट आफूहरू आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्न प्रेरित भएको प्रतिक्रिया दिएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.