उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

उर्लाबारी। खासै प्रयोगमा नआएको तर उपयोगी ‘कृषि हलो’ उर्लाबारी ७ का दीपक भण्डारीको अवधारणा हो । बाँदर धपाउने यन्त्र बनाएर काफी चर्चा बटुलेका उनै भण्डारीद्वारा निर्मित फरक खालको कृषि हलो उर्लाबारी नगरपालिकाले प्रबद्र्धन गरेपछि उहाँ दंग हुनुहुन्छ ।

चाइनिज टेक्नोलोजी’ फ्लो गरेर यस्तो हलो बानाइएको उहाँको कथन छ । अग्लो वा होचा जस्ता मानिसलेपनि सहजै जोत्न सक्ने, इन्धन नलाग्ने, शारीरिक उर्जापनि खासै खर्चिनु नपर्ने हलोको विशेषता रहेको भण्डारी बताउनुहुन्छ । ७ नम्बर वडाकै आश्रम टोलमा कृषि औजार र उपकरणहरु निर्माण गरी दिपक सप्लायर्स फर्म संचालनमा छ ।

उहाँले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई आफ्ना उत्पादनका विशेषता अवगत गराएपछि नगरपालिकाले प्रोत्साहन गरेको भन्दै आफ्ना उत्पादनको बजारीकरणमा टेवा पुगेको प्रतिक्रिया दिनुभयो । यो कृषि हलो खासगरी मकै, आलु र अन्य तरकारी बालीका लागि खनजोतमा उपयोगी हुने भन्दै उर्लाबारी १ का कृषक नगेन्द्र मगरले आफ्नो समुहलाई उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । उर्लाबारी नगरपालिकाले पहिलो चरणमा ८० थान कृषि हलो खरिद गरेको हो ।

उर्लाबारी नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा ‘कृषि हलो’ वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक बनाउने र स्थानीय उत्पादन लाई प्रोत्साहन गर्ने नगरपालिकाको अर्जुनदुष्टि रहेको उपमेयर मीना खतिवडा पौडेलले बताउनुभयो । प्रविधिको उपयोग गरी खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर किसानलक्षित कार्यक्रमहरु ल्याईको उहाँकोको भनाइ छ । माग र आवश्यकताका आधारमा किसानलाई कृषि हलो वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार कृषकहरुको समुह र फर्मलाई हलो वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.