पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

काठमाडौँ। पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत प्रसारण गरेको एक भिडिओ रिपोर्टका कारण उनीविरुद्ध उजुरी परेको थियो।

तीन साताअघि पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमा ‘हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे’ एक भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। उक्त रिपोर्टमा जयवीर देउवाले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो।

थप रूपमा, उक्त भिडिओमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र डायपर आयातमा कर छुट हुनेगरी नीतिगत हेरफेर गरिएको आरोपसमेत लगाइएको थियो। प्रहरी स्रोतका अनुसार उक्त सामग्री ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले’ प्रसारण गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो। यही उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.