सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङटाँडी स्थित श्री सीता माध्यमिक विद्यालयमा एकै दिन ११ जना छात्रा बिरामी भएका छन् । केही दिन अघिदेखी कक्षा ८ मा पढ्ने छात्रा सुशिला थिङ पटकपटक बिरामी भइरहेकी थिइन् ।

मंगलबार भने कक्षा ८, ७ र ५ मा पढ्ने छात्राहरु पनि बिरामी भएका हुन् । बिरामीका अनुसार सुरुमा हातखुट्टा समाएर आउने र पछि केही थाहा नपाउने अनि बेथाले छोडेपछी हातखुट्टा र ज्यान दुखेको महसुस मात्र हुने बताउँछन् ।

छात्राहरु बिरामी हुन थालेपछी एक्कासि रुने, कराउने, चिच्याउने र बरबराउने गर्छन् । बरबराउन थालेपछी उठेर हिँड्न खोज्ने, मान्छेले समात्यो भने नसमात्नु, मलाई छोडिदेऊ, मलाई साथिले बोलाइराछ, म जान्छु भन्छन् भने कहिले मलाई भूतले तानिराछ, घाँटी निचरिराछ भन्छन् ।

यस्तो हुनुको कारण अहिलेसम्म पत्ता लगाउन सकिरहेको छैन । कसैले डरको कारण मानसिक असन्तुलन भइ त्यस्तो हुने बताउछन् त कोहि भूतप्रेतको कारण त्यस्तो भएको होला भन्ने आँकलन गरिरहेका छन् । अखिर के भएर छात्राहरु बिरामी भएका हुन् ? छात्रलाई किन त्यस प्रकारको बिरामी भएको छैन ? यो विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

यदि विद्यालयमा सधैं यस्तो भैरहने हो भने विद्यार्थीहरु न विद्यालय आउन मान्छन् न त विद्यार्थीको ध्यान पढाइतिर जान्छ । शिक्षक तथा कर्मचारीको पनि आफ्नो काममा ध्यान नजान सक्छ । जसले गर्दा विद्यालयको पढाईको गुणस्तर खस्किन सक्छ !

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.