गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

ललितपुर, भाद्र ५ । जनता समाजवादी पार्टी, नेपालले २०६३ साल चैत ७ गते रौतहट जिल्लाको गौरमा घटेको दुःखद घटनासम्बन्धी हालसालै विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मिति २०८२ साल भाद्र २ गते प्रकाशित/प्रसारित केही समाचारमा सो घटनालाई खण्डित, एकपक्षीय र पूर्वाग्रही शैलीमा प्रस्तुत गरिएको भन्दै पार्टीले आपत्ति जनाएको छ।

पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ कि घटनाको प्रकृति अत्यन्तै दुर्भाग्यपूर्ण र दुःखद भए तापनि त्यसको वास्तविकता बुझ्न गठन गरिएको उच्चस्तरीय न्यायिक जाँच समितिको प्रतिवेदन, तत्कालीन शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघीय मिसन (UNMIN) तथा सत्य निरूपण र मेलमिलाप आयोगको रिपोर्टहरूलाई बेवास्ता गरी आजको सन्दर्भमा त्यसलाई पुनः राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु निन्दनीय भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चार माध्यममा अतिशयोक्तिपूर्ण रूपमा घटनालाई पेश गरिँदा त्यसले सत्य तथ्यभन्दा पर गएर विद्वेषपूर्ण धारणाको विकास गराउँछ, जसले सामाजिक सद्भाव र राजनीतिक स्थायित्वमा समेत असर पुर्‍याउँछ।”

पार्टीले यस्तो खालको समाचार प्रकाशन तथा प्रसारण गर्दा गम्भीर जिम्मेवारीका साथ सत्य तथ्यमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, सो घटनासँग सम्बन्धित तत्कालीन सन्दर्भ, पार्टीको भूमिकाहरू, संलग्नता र निष्कर्षहरूलाई पनि सन्तुलित रूपमा प्रस्तुत गर्न प्रेस विज्ञप्तिमा जोड दिइएको छ।

जनता समाजवादी पार्टी, नेपालले आफ्नो तर्फबाट सधैं न्याय, समावेशिता र राजनीतिक स्थायित्वका पक्षमा आवाज उठाउने प्रतिबद्धता दोहोर्याउँदै, सञ्चारमाध्यमहरूलाई जनताको भावनालाई गलत ढंगले प्रयोग नगर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.