“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

काठमाडौं, भदौ २३ गते । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालमार्फत हालको पुस्ताले गर्ने प्रश्नप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।

आचार्यले आफ्नै घर छेउको पिच गरिएको बाटो चाँडै भत्किएको उदाहरण दिँदै आफूले लामो समयसम्म मनभित्र मात्र प्रश्न गर्ने बानी रहेको तर अहिलेको पुस्ताले प्रश्नहरू सीधै उठाउने गरेको बताए। उनले भने, “आजको पुस्ता प्रश्न मनभित्र मात्र राख्दैन, बरु खुलाएर सोध्छ— जनताको करले बनेको बाटो किन भत्कियो? यसको जिम्मेवारी कस्को?”

उनका अनुसार, यो आवाज कुनै व्यवस्था वा प्रणालीविरुद्ध होइन, बरु त्यहाँ बसेका जिम्मेवार पदाधिकारी र नेताहरूको कार्यप्रति जनताको प्रश्न हो। उनले जनतालाई अझ धेरै आशा भए पनि सरकारले सो अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै उमेरअनुसार अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु उत्तम हुने टिप्पणी गरेका छन्।

आचार्यको स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। धेरैले यसलाई आजको पुस्ताले देखाएको सजगता र जवाफदेहिताको मागप्रति प्रेरणादायी भनाइका रूपमा लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

“भ्रष्टाचार र बेवास्ताप्रति जागरूक– हरिवंशको स्टाटसमा युवा पुस्ताको प्रश्न उठाउने शैलीको प्रशंसा”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.