अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौं, अशोज १५ गते । आगामी असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, तथा कोशी प्रदेशका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्लामा बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ।

त्यसैगरी गण्डकी प्रदेशका तनहुँ, कास्की, पर्वत, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, बागलुङ, म्याग्दी लगायतका जिल्लामा पनि नदी तथा खोलानाला आसपासमा बाढी र पहिरोको सम्भावना भएकाले सचेत रहन आग्रह गरिएको छ।

प्राधिकरणले उद्धार तथा राहतका लागि आवश्यक तयारीमा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ भने स्थानीय तह र विपद् व्यवस्थापन समितिहरूलाई सशक्त रूपमा सक्रिय रहन आग्रह गरेको छ।
यात्रुहरूलाई जोखिमपूर्ण स्थानतर्फ यात्रा नगर्न अनुरोध गर्दै आवश्यक परेमा तत्काल सुरक्षित स्थानमा जानु पर्ने प्राधिकरणको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.