‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

काठमाडौँ, अशोज २२ गते । जेन जि पुस्ताको अगुवाइमा हालै भएका प्रदर्शनपछि देशमा विकसित नयाँ राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गर्दै गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा नयाँ सरकार गठनसँगै मुलुकको शान्ति सुरक्षा स्थिति सामान्य बनाउँदै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा मुलुकमा शान्ति सुव्यवस्था कायम राख्दै निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ। साथै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले व्यक्त गर्न आग्रह गरिएको छ।

मन्त्रालयले धर्ना, जुलुस र विरोधका कार्यक्रमलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउने सुझाव दिँदै, कुनै पनि समस्या वा असन्तुष्टि वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सरकार नागरिकका चासो, सरोकार र मागप्रति गम्भीर छ र वार्ता तथा छलफलमार्फत समाधान खोज्ने सकारात्मक धारणा राख्दछ।”

मन्त्रालयले आगामी निर्वाचनलाई सफल बनाउन सबै पक्षको सहयोग अपेक्षा गर्दै राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि जिम्मेवार भूमिका निर्वाह गर्न सबै नागरिकमा आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.