हेटौँडा, अशोज २९ गते । रिकभरीङ नेपालको आयोजनामा हेटौँडा अस्पतालमा ‘लक्षित वर्गप्रति हुने कलङ्क र भेदभाव अन्त्यका लागि सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरीय सरकारी निकाय, पुनर्स्थापना केन्द्रका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाजका अगुवा तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य नशा प्रयोगकर्तासहित पुनर्स्थापनाको क्रममा रहेका व्यक्तिहरूप्रति हुने सामाजिक विभेद र नकारात्मक दृष्टिकोण अन्त्य गर्दै, उनीहरूको अधिकार सुनिश्चित गर्ने वातावरण निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।
सो अवसरमा सहभागीहरूले लक्षित वर्गप्रति समाजमा विद्यमान कलङ्क र पूर्वाग्रह घटाउन सामूहिक प्रयास आवश्यक रहेको भन्दै, नीति निर्माणदेखि व्यवहारिक तहसम्म सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागि निकायहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्दै निरन्तर संवाद र साझा पहलमार्फत प्रभावकारी अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाइएको थियो।














