षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

हेटौंडा, कार्तिक १ गते । हालैको जेन जि आन्दोलन का क्रममा हेटौडा उपमहानगरपालिका–४ वडा कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनका क्रममा केही अराजक समूहले वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री सडकमा ल्याई तोडफोड गर्दै आगजनी गरेका थिए।

यस घटनाले वडाका नियमित सेवा तथा प्रशासनिक कार्य पूर्ण रूपमा प्रभावित बनायो। कार्यालयले तत्काल सार्वजनिक सूचना जारी गर्दै केही समयका लागि नियमित सेवा बन्द गर्न बाध्य भएको थियो। तर केही समयपछि वडाध्यक्ष नवीन सिग्देलको नेतृत्वमा जनसहयोग र स्थानीय स्रोतसाधनका भरमा पुनः सेवा सुरु गर्ने प्रयास गरिएको हो। यस क्रममा केही स्थानीय व्यक्तिहरूले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार सामग्री उपलब्ध गराई सहयोगसमेत गरेका थिए।

वडाध्यक्ष सिग्देलले यो घटनालाई साधारण आन्दोलन नभई “सुनियोजित षड्यन्त्र” भएको दाबी गर्दै भने — “यो कुनै सामान्य असन्तुष्टि होइन। यो संघीय लोकतान्त्रिक गणतन्त्र र निर्वाचित स्थानीय सरकार कमजोर पार्ने लक्ष्यसहित बाह्य तत्त्वहरूद्वारा गराइएको गतिविधि हो। सिंहदरबार जल्नु, सर्वोच्च अदालत जल्नु वा संसद् विघटन हुनु जस्ता गतिविधि सामान्य होइनन् — यो योजनाबद्ध विध्वंस हो।”

उनका अनुसार वडा नं. ४ भित्रका ९० प्रतिशत जनमागहरू पूरा भइसकेका छन् र भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रति वडाले निरन्तर प्रतिबद्धता जनाएको छ। “जनताको माग अनन्त हुन्छ, तर स्रोत सीमित छन्। प्राथमिकताका आधारमा काम भइरहेको छ। म वडाध्यक्षका रूपमा हरेक कामप्रति जवाफदेही छु,” सिग्देलले स्पष्ट पारे।

वडाध्यक्ष सिग्देलले हेटौडाको विकास, सफाइ, स्वास्थ्य, शिक्षा र हरियालीका क्षेत्रमा भएको प्रगति काठमाडौँभन्दा पनि उल्लेखनीय रहेको दाबी गर्दै थपे — “हेटौडाको सफाइ, स्वास्थ्य केन्द्र र विद्यालयहरूको स्तर हेर्ने हो भने काठमाडौँभन्दा अघि छौं। तर प्रचारबाजीमा केन्द्र सधैं अगाडि देखिन्छ — काम गर्ने होइन, बोल्नेहरू अग्रपंक्तिमा छन्।”

सिग्देलले हालको सरकार र केन्द्रका केही नेताहरूप्रति पनि तीव्र असन्तुष्टि जनाउँदै भने — “भ्रष्टाचारविरुद्ध २४ घण्टामा कारबाही गर्छौं भन्ने सरकारले अहिलेसम्म एउटा उदाहरण पनि दिन सकेको छैन। अहिले भइरहेको हल्ला, सल्लाहकार हटाउनेजस्ता गतिविधि फक्त ‘स्टन्टबाजी’ हुन्।”

समग्रमा, वडाध्यक्ष सिग्देलले अहिलेको राजनीतिक अनिश्चितता, दलहरूको जिम्मेवारीहीनता र जनताको भ्रमित मानसिकता नै देशलाई अस्थिर दिशामा लैजाँदै गरेको उल्लेख गरे। “यो देश बनाउनेहरू सडकमा संघर्षरत थिए, तर अहिलेका केही लोकप्रिय पात्रहरू एसी कोठामा बस्दै भाषणबाजी गर्दैछन्। यदि यही शैली रहिरह्यो भने, जेन जि ले नै यो सरकार ढाल्नेछ,” सिग्देलको चेतावनी।

अन्त्यमा, उनले भने — “हाम्रो वडा कार्यालय जलेको, सामग्री नष्ट भएको भए पनि हामी पछि हट्दैनौं। धैर्यका साथ पुनः निर्माण गर्दै जनसेवामा फर्किएका छौं। अब हामी अघि बढ्छौं, फर्किन्नौं।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.