Day: २०८२ कार्तिक १, शनिबार २१:३६

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

काठमाडौँ, कार्तिक १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले त्रिभुवन विश्वविद्यालय (टिभी) किर्तिपुर परिसरभित्र सुन्दर पार्क निर्माणको अभियान सुरु गरेका छन्। मन्त्री भएको दोस्रो दिनमै उनले करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको झाडी फाँडेर सुन्दर पार्क बनाउने आह्वान गरेका थिए। डा. पुनका अनुसार हालसम्म श्रमदानमार्फत विभिन्न स्थानबाट आएका श्रमदाताहरुले झाडीको करिब ४० प्रतिशत भाग फडानी गरी सकेका छन्। अभियान अन्तर्गत निरन्तर श्रमदान भइरहेकाले पार्क निर्माणको प्रारम्भिक चरणले गति लिएको बताइएको छ। “झाडी फाँडी सकेपछि सुन्दर पार्क बनाउन चाहिने पैसाको व्यवस्था गर्न उपाय खोज्दैछौं। पैसा निकाल्ने उपाय हुने जो सुकैले पनि नहिच्कीच्याई भन्नु होला,” मन्त्री पुनले आफ्नो…
Read More
रगत परीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान सम्भव, प्रारम्भिक चरणमै उपचारको सम्भावना बलियो

रगत परीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान सम्भव, प्रारम्भिक चरणमै उपचारको सम्भावना बलियो

हेटौंडा, कार्तिक १ गते । क्यान्सर पत्ता लगाउने नयाँ रगत परीक्षणले चिकित्सकीय जगतमा नयाँ आशा जगाएको छ। अमेरिका र क्यानडामा गरिएको अध्ययनले यो परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान गर्न सक्ने देखाएको हो। विशेषगरी ती क्यान्सरमध्ये करिब तीन–चौथाईका लागि अहिले कुनै नियमित स्क्रिनिङ कार्यक्रम नहुँदा यस परीक्षणलाई ठूलो उपलब्धि मानिएको छ। अध्ययनका अनुसार, उक्त परीक्षणले आधाभन्दा बढी क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाएको छ, जसको उपचार तुलनात्मक रूपमा सजिलो र पूर्ण रूपमा सम्भव हुने बताइन्छ। यो नवीन परीक्षण अमेरिकी औषधि कम्पनी ग्रेल (Grail) ले विकास गरेको हो। यसले ट्युमरबाट अलग भएका र रगतमा परिसंचरण गरिरहेका क्यान्सरयुक्त डीएनएका स–साना अंशहरू पहिचान…
Read More
नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

मकवानपुर, कार्तिक १ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न भएको छ । पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सचिवालयको विशेष बैठक बसेको हो । हेटौंडा-१९, बस्तिपुरमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेश्रो विशेष बैठकले लिएका निर्णयहरु बारे विस्तृत रुपमा छलफल भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई दिशानिर्देश गर्दै कम्युनिस्ट केन्द्रिकरण गरि देशलाई निकास दिन आवस्यक छलफल भएको छ । साथै निर्दलिय अन्तरिम सरकारको विकल्पमा सर्वपक्षीय सरकार बनाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने र यसका लागि आवस्यक कार्यक्रमको तयारिका लागि कार्तिक ९ गते नेकपा जिल्ला समिति मकवानपुरको बैठक बोलाएको छ ।
Read More
हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

हेटौडा, कार्तिक १ गते । हर्क साम्पाङ नेतृत्वको रेभुलेसन श्रम संस्कृति पार्टीले मकवानपुरमा सञ्चालन गर्दै आएको श्रम अभियान अन्तर्गत आज हेटौडा अस्पताल आसपासको क्षेत्रमा तेस्रो श्रम अभियान सम्पन्न गरेको छ। हस्पिटल परिषद् परिसरमा रहेका फोहोर मैला, प्लास्टिक तथा अन्य अवशेष वस्तुहरू उठाएर सरसफाई गरिएको पार्टीले जनाएको छ। उक्त अभियानमा ३५ जना श्रम अभियान्ताहरूको सक्रिय सहभागिता रहेको थियो। जिल्ला संयोजक युनेस लामाका अनुसार पछिल्ला दिनहरूमा श्रम अभियान मकवानपुरमा निरन्तर र व्यापक रूपमा विस्तार भइरहेको छ। उनले आगामी दिनहरूमा पनि यस किसिमका श्रमद्वारा समाज परिवर्तन गर्ने अभियानहरू अझ सशक्त रूपमा अघि बढाइने बताए। रेभुलेसन श्रम संस्कृति पार्टीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा…
Read More
षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

हेटौंडा, कार्तिक १ गते । हालैको जेन जि आन्दोलन का क्रममा हेटौडा उपमहानगरपालिका–४ वडा कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनका क्रममा केही अराजक समूहले वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री सडकमा ल्याई तोडफोड गर्दै आगजनी गरेका थिए। यस घटनाले वडाका नियमित सेवा तथा प्रशासनिक कार्य पूर्ण रूपमा प्रभावित बनायो। कार्यालयले तत्काल सार्वजनिक सूचना जारी गर्दै केही समयका लागि नियमित सेवा बन्द गर्न बाध्य भएको थियो। तर केही समयपछि वडाध्यक्ष नवीन सिग्देलको नेतृत्वमा जनसहयोग र स्थानीय स्रोतसाधनका भरमा पुनः सेवा सुरु गर्ने प्रयास गरिएको हो। यस क्रममा केही स्थानीय व्यक्तिहरूले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार सामग्री…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.