मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

काठमाडौँ, कार्तिक १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले त्रिभुवन विश्वविद्यालय (टिभी) किर्तिपुर परिसरभित्र सुन्दर पार्क निर्माणको अभियान सुरु गरेका छन्। मन्त्री भएको दोस्रो दिनमै उनले करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको झाडी फाँडेर सुन्दर पार्क बनाउने आह्वान गरेका थिए।

डा. पुनका अनुसार हालसम्म श्रमदानमार्फत विभिन्न स्थानबाट आएका श्रमदाताहरुले झाडीको करिब ४० प्रतिशत भाग फडानी गरी सकेका छन्। अभियान अन्तर्गत निरन्तर श्रमदान भइरहेकाले पार्क निर्माणको प्रारम्भिक चरणले गति लिएको बताइएको छ।

“झाडी फाँडी सकेपछि सुन्दर पार्क बनाउन चाहिने पैसाको व्यवस्था गर्न उपाय खोज्दैछौं। पैसा निकाल्ने उपाय हुने जो सुकैले पनि नहिच्कीच्याई भन्नु होला,” मन्त्री पुनले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्।

उनले किर्तिपुर, ललितपुर र काठमाडौँका श्रमदाताहरुलाई पनि अभियानमा सहभागी हुन आह्वान गरेका छन्। पुनका अनुसार यो पार्क त्रिभुवन विश्वविद्यालयकै वातावरण सुधार र विद्यार्थी तथा स्थानीयवासीका लागि सामुदायिक विश्रामस्थलका रूपमा विकास गर्ने उद्देश्यले बनाइँदैछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.