देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

काठमाडौं, कात्तिक १३ गते । आगामी कात्तिक १३ गतेदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कात्तिक १३ गतेदेखि १४ गतेसम्म देशका पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरो, बाढी, हिउँका कारण जन जीवन र यातायात प्रभावित हुन सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय, विपद् व्यवस्थापन समितिहरू र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा वर्षाको प्रभाव देखिने सम्भावना छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने र त्यसले ठूला नदी नालामा पानीको बहाव बढाउने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

विपद् प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा, प्रभावित हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सर्न, अनावश्यक यात्रा नगर्न, स्थानीय प्रशासन र विपद् व्यवस्थापन समितिको निर्देशन पालना गर्न र मौसम सम्बन्धी सूचना नियमित रूपमा अपडेट लिन अनुरोध गरिएको छ।

साथै, स्थानीय तहका विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन तथा पूर्व तयारीका उपायहरू सक्रिय रूपमा अघि बढाउन भनिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.