पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, कात्तिक १८ गते । अरब सागरमा विकसित मौसमी प्रणाली र पश्चिमी वायुको सक्रियताका कारण देशको अधिकांश भागमा पुनः बदली भएको छ। केही दिन अगाडि खुलेको मौसम फेरि मन्द पश्चिमी वायुको प्रभावले क्रमशः सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यकासम्म असर पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको पश्चिमी वायु क्रमशः कर्णाली, गण्डकी हुँदै बागमती प्रदेशसम्म फैलिँदै गएको छ। बाजुरा, रुकुम, मनाङ लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम स्तरको हिमपात भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपटकको पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो वर्षा वा व्यापक हिमपातको सम्भावना भने छैन। तर उच्च हिमाली क्षेत्रमा पदयात्रा, आरोहण तथा भ्रमणका क्रममा सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

“माथिल्लो क्षेत्रमा भोलिसम्मको लागि यात्रामा नजाने तथा आवश्यक सावधानी अपनाउन सुझाव दिइन्छ,” एक मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव भोलि बेलुकादेखि क्रमशः कमजोर हुँदै जाने र केही दिनभित्र देशभर मौसम खुल्ने अनुमान गरिएको छ। यसैबीच, मध्य र पश्चिमका किसानलाई हावाहुरी वा असिनापातको जोखिम कम भए पनि काटिएको धान खेतमै लामो समयसम्म नछाड्न सुझाव दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पश्चिमी वायुको प्रभावले फेरि देशभर बदली, उच्च हिमाली क्षेत्रमा हिमपात

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.