महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

हेटौंडा, कात्तिक १८ गते । हेटौँडा उपमहानगरपालिकाकी महिला मेयरमाथि आएको बलात्कारको धम्की प्रकरणप्रति सामाजिक अभियन्ता विशालराज महतले घोर भत्सर्ना गरेका छन्। उनले यो घटना कुनै व्यक्ति वा पदमाथिको मात्रै नभई नागरिक सुरक्षामाथिको प्रत्यक्ष चुनौती भएको बताएका छन्।

महतले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “लोकतान्त्रिक समाजमा जनप्रतिनिधि, त्यो पनि एक महिला नेतृत्वकर्तामाथि यस्तो आपराधिक व्यवहार हुनु राज्यको सुरक्षा संयन्त्र र समाजको मानसिक अवस्थाको गम्भीर संकेत हो।”

उनले लोकतन्त्रमा सल्लाह, सुझाव र विरोध स्वाभाविक भए पनि कसैको अस्मितामाथि हमला गर्नु अस्वीकार्य रहेको बताए। उनका अनुसार यस्ता घटनाले सम्पूर्ण समाजको सोच र सभ्यतामाथि प्रश्न उठाउँछन्।

महतले नागरिक समाज, राजनीतिक दल, अभियन्ता र सचेत नागरिक सबैले यस किसिमको आपराधिक मानसिकताको जरा उखेल्न जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले अन्त्यमा भनेका छन्, “यस्ता आपराधिक सोचलाई मौन समर्थन गर्नु समाजको पतनतिरको बाटो हो, त्यसैले सबैले स्पष्ट रूपमा विरोध गर्न जरुरी छ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

महिला मेयरमाथिको धम्की नागरिक सुरक्षामाथिको चुनौती: सामाजिक अभियन्ता महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.