ताप्लेजुङ, मंसिर ३ गते । आज बिहान करिब १ बजे ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, फुङफुङे तेम्बा बजारस्थित एक पसलमा लागेको आगो नेपाली सेना, विरदल गणले अन्य सुरक्षा निकाय तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा ल्याएका छन्।

स्थानीय स्रोतका अनुसार मध्यरात अचानक एक पसलबाट सुरु भएको आगो छोटो समयमा नै फैलिन थालेपछि सुरक्षाकर्मी तथा स्थानीयवासी सक्रिय भएपछि ठूलो क्षति हुनबाट जोगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाली सेनाको विरदल गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए।

आगलागीको पूर्ण विवरण तथा क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
Post Views: 70














