उच्च हिमाली सुन्दरता समेटिएको सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ सार्वजनिक

काठमाण्डौं, मंसिर ३ गते । र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ ले आफ्नो नयाँ सिर्जना ‘सोच’ सार्वजनिक गरेका छन्। आर एन्ड बी शैलीमा तयार गरिएको यस गीतका शब्ददेखि संगीतसम्म कुँवरकै कलम र धुनले सजिएको छ।

दोलखाको धार्मिक तथा प्राकृतिक आकर्षणका केन्द्र च्छो रोल्पा ताल र दुध कुण्डलगायतका हिमाली दृश्यपानयुक्त क्षेत्रमा गरिएको छायांकनका कारण भिडियोले फरक प्रभाव छोडेको छ। भिडियोमा लोकेन्द्र सुब्बाको क्यामेरा तथा बिक्रम तिमल्सिनाको निर्देशन रहेको छ।

पहिले ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ जस्ता गीतबाट पहिचान बनाइसकेका कुँवरले ‘सोच’लाई आफ्नो संगीत यात्रामा नयाँ स्वाद भएको बताएका छन्। उनका अनुसार ४५८० मिटर उचाइको च्छो रोल्पा ताल र झण्डै ४७०० मिटर उचाइको पवित्र दुध कुण्डमा छायांकन गर्दा प्रकृतिको कठोरता र सौन्दर्य दुवैसँग जुध्दै उत्कृष्ट दृश्य समेटिएको छ।

नेपालमा यस्ता अत्यधिक उचाइमा बनेका भिडियो दुर्लभ हुने उल्लेख गर्दै कुँवरले यसले हिमाली पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनहरूमा देशका अन्य आकर्षक स्थलमा गएर थप गीतका भिडियो निर्माण गर्ने योजनासमेत उनले साझा गरेका छन्।

‘सोच’ गीतको म्युजिक भिडियो कुँवरको ‘भिलेन–३९’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.