निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

बस्तीपुर, मंसिर २८ गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा अवस्थित निर्मल माध्यमिक विद्यालयमा ५० औँ स्वर्ण जयन्ती उत्सव पौष ८ गतेदेखि सुरु हुने भएको छ। विद्यालयको स्वर्ण जयन्ती अवसरमा पौष ८ गतेदेखि १२ गतेसम्म निरन्तर शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिने विद्यालयले जनाएको छ।

रेडियो भरोसासँगको संवादमा विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउने उद्देश्यले विविध कार्यक्रम तय गरिएको जानकारी दिएका छन्। उनका अनुसार पहिलो दिन पौष ८ गते विद्यार्थी, टोल विकास समिति र स्काउटको सहभागितामा स्काउट मार्च पास प्रदर्शनी तथा र्‍याली पञ्चेबाजासहित आयोजना गरिनेछ। सोही दिन स्काउट मार्च पास प्रतियोगिता, उद्घाटन समारोह, आसन ग्रहण, शुभकामना आदानप्रदान, स्वर्ण जयन्ती स्तम्भ अनावरण, विद्यालय गीत सार्वजनिक तथा खाना महोत्सव र खाजा स्टल सञ्चालन गरिनेछ।

त्यसैगरी पौष ९ गते पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता, जिल्लाभित्रका विद्यालय शिक्षक नृत्य प्रतियोगिता, विद्यालय शिक्षा सम्बन्धी प्रत्यक्ष लोकदोहोरी कार्यक्रम तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ। पौष १० गते नगरस्तरीय विद्यालय हाजिर जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम तथा बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने विद्यालयले जनाएको छ।

पौष ११ गते नगरभित्रका विद्यालय विद्यार्थी नृत्य प्रतियोगिता आयोजना गरिनेछ भने अघिल्ला दिनमा सम्पन्न सांस्कृतिक कार्यक्रमका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनेछ। स्वर्ण जयन्ती उत्सवको अन्तिम दिन पौष १२ गते सम्मान कार्यक्रम, स्मारिका विमोचन तथा समापन कार्यक्रमसहित उत्सव सम्पन्न गरिने प्रधानाध्यापक बिडारीले जानकारी दिए।

विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजना गरिएको स्वर्ण जयन्ती उत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

निर्मल माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्ती पौष ८ गतेदेखि, पौष १२ गतेसम्म विविध कार्यक्रम

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.