हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

हेटौंडा, मंसिर २८ गते । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा अवस्थित सार्वजनिक जमिनको नामसारीसम्बन्धी विवाद चुलिँदै गएको छ। सुकुम्बासी तथा सार्वजनिक जमिन संरक्षण समितिका संयोजक बिरु माया दोङको नेतृत्वमा करिब ३० जना स्थानीय व्यक्तिहरूले मालपोत कार्यालय मकवानपुरका प्रमुखलाई सम्बन्धित महत्वपूर्ण कागजातहरू पेश गर्दै आफूहरूले लामो समयदेखि उपयोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता गर्न मागदाबी गरेका छन्।

स्थानीयका अनुसार हाल उक्त स्थानमा २११ जना सुकुम्बासी घरधुरी बसोबास गर्दै आइरहेका छन्। पुस्तौँदेखि उपयोग हुँदै आएको जमिन केही व्यक्तिहरूको मिलेमतोमा वडा कार्यालयको सिफारिसमार्फत अन्य व्यक्तिहरूको नाममा नामसारी गरिएको जानकारी बाहिरिएपछि सुकुम्बासी तथा स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन्।

वडा कार्यालयबाट ३५ दिनको सार्वजनिक सूचना जारी भएपछिसमेत सम्बन्धित जग्गा उपभोग गरिरहेका व्यक्तिहरूलाई जानकारी नगराई फिल्डबुक तयार पारिएको आरोप स्थानीयले लगाएका छन्। उनीहरूका अनुसार करिब ७० वर्षदेखि जङ्गल फडानी गरी तीन पुस्तासम्म उपयोग गर्दै आएको जमिन अहिले सार्वजनिक जमिनको छुटपुट सूचनाको आधारमा केही व्यक्तिहरूको नाममा पारिएको देखिएको छ।

हेटौंडा–१५ भोर्ले क्षेत्रमा रहेको करिब ३० बिघा जमिन विगत लामो समयदेखि स्थानीय तथा सुकुम्बासी घरधुरीहरूले उपयोग गर्दै आएको भए पनि हाल चलखेलका कारण उनीहरू जमिनविहीन बन्न पुगेको अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ। २०११ सालदेखि निरन्तर उपयोग गर्दै आएको र फिल्डबुकसमेत रहेको जमिनसमेत अन्य व्यक्तिहरूको नाममा दर्ता गरिएको आरोप लगाइएको छ।

सोही विषयमा आज सुकुम्बासी तथा सार्वजनिक जमिन संरक्षण समितिका प्रतिनिधिहरूले मालपोत कार्यालयमा पुगेर आफ्ना बाउबाजेदेखि उपभोग गर्दै आएको जमिनमा आफ्नो हकदाबी रहेको जनाउँदै फिल्डबुक, खानेपानी तथा विद्युत् बिल, फोहोरमैला कार्डलगायतका प्रमाणहरू पेश गरेका छन्।

कागजपत्र बुझाउने क्रममा तीन राजनीतिक दलका प्रतिनिधि तथा केही पत्रकारहरूको उपस्थिति रहेको थियो। स्थानीय तथा सुकुम्बासी घरधुरीहरूले निष्पक्ष छानबिन गरी आफूहरूले लामो समयदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–१५ भोर्लेमा सार्वजनिक जमिन नामसारी विवाद: २११ सुकुम्बासी घरधुरीको हकदाबी गर्दै मालपोत कार्यालयमा कागजपत्र पेश

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.