मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

हेटौंडा, पुस २ गते । फेसबुकको माउ कम्पनी मेटाले नेपाललाई फेसबुक कन्टेन्ट मोनिटाइजेसन सुविधाबाट हटाएको छ। मेटाले फेसबुक प्रयोगकर्ताहरूलाई सूचना जारी गर्दै सरकारी कानुनी अनुरूपको आवश्यकता जनाउँदै नेपालमा मोनिटाइजेसन सुविधा सीमित गरिएको जनाएको हो।

मेटाको यो निर्णयसँगै नेपालका हजारौँ फेसबुक कन्टेन्ट क्रिएटरहरूले डिजिटल प्लेटफर्ममार्फत आय आर्जन गर्ने अवसर गुमाएका छन्। पछिल्ला वर्षहरूमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाललाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका नेपाली क्रिएटरहरूका लागि यो निर्णय ठूलो झट्का बनेको छ।

उता, यस विषयमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने पूर्ण रूपमा बेखबर देखिएको छ। मन्त्रालयका सम्बन्धित निकायले मेटाको निर्णयबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

डिजिटल अर्थतन्त्रको विस्तारसँगै कन्टेन्ट क्रिएसनलाई रोजगारी र आयको माध्यम बनाउँदै आएका युवाहरूका लागि यो निर्णयले निराशा थपेको छ। विज्ञहरूले भने सरकार र मेटाबीच स्पष्ट कानुनी तथा नीतिगत समन्वय नहुँदा यस्ता समस्या दोहोरिन सक्ने चेतावनी दिएका छन्।

फेसबुक मोनिटाइजेसन बन्द भएसँगै अब नेपालका कन्टेन्ट क्रिएटरहरूले वैकल्पिक प्लेटफर्म खोज्नुपर्ने वा सरकारको पहलमार्फत मेटासँग संवाद अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.