हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

हेटौडा, पुस २३ गते । तामाङ समुदायको उल्लेख्य बसोबास रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मा यस वर्ष पहिलो पटक सोनाम ल्होछार तथा सांस्कृतिक प्रवर्द्धन मेला आयोजना हुने भएको छ। माघ २४ गतेदेखि सुरु हुने मेला करिब एक हप्तासम्म सञ्चालन हुने बताइएको छ।

वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष दिपक खड्काले वडाको इतिहासमै पहिलो पटक सोनाम ल्होछारसँगै सांस्कृतिक मेला हुन लागेको जानकारी गराएका हुन्। उनका अनुसार मेलाको तयारीलाई व्यवस्थित बनाउन आयोजक समिति गठन भइसकेको छ र विभिन्न पक्षसँग समन्वय गर्दै तयारी अघि बढाइएको छ।

तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले मेला आयोजना गरिएको वडा अध्यक्ष खड्काले बताए। मेलाका लागि वडा कार्यालयबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सहरी क्षेत्र केन्द्रित कार्यक्रमको धारणा तोड्दै उपमहानगरका बाहिरी वडामा पनि ठूला सांस्कृतिक कार्यक्रम सम्भव छन् भन्ने सन्देश दिन १४ नम्बर वडालाई मेला स्थलको रूपमा छनोट गरिएको उनको भनाइ छ।

मेलामा तामाङ समुदायको पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ भने स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सहभागिता रहने आयोजकले जनाएका छन्। विशेषगरी तामाङ कलाकारमार्फत गीत, नृत्य र सांस्कृतिक प्रस्तुती देख्न पाइनेछ।

आयोजक समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार यो मेला मनोरञ्जनमा मात्र सीमित नरही संस्कृतिको पुस्तान्तरणमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ। “आगामी पुस्ताले आफ्नै संस्कृतिलाई बुझ्न, अपनाउन र गर्व गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने।

स्थानीयवासी, संस्कृति प्रेमी तथा आगन्तुकलाई लक्षित गर्दै आयोजना हुन लागेको यस मेलाले हेटौंडा–१४ लाई सांस्कृतिक पहिचानको नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.