८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

हेटौडा, पुस २४ गते । लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा आठ वर्षपछि पुनः संगीत क्षेत्रमा सक्रिय भएका छन्। मकवानपुर जिल्लाको बकैया गाउँपालिका–३, हात्तिसुडे स्थायी निवासी लामा नयाँ गीतसहित दर्शक–श्रोतामाझ फर्किएका हुन्।

उनको नयाँ गीत चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा बजारमा आइसकेको छ। हाल यु.ए.ई.लाई कर्मथलो बनाउँदै आएका लामा सानै उमेरदेखि आफ्नो कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लागिपरेका कलाकारका रूपमा चिनिन्छन्।

आउँदो ल्होछारको अवसरलाई लक्षित गर्दै उनले आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारी पूरा भइसकेको जानकारी दिएका छन्। दर्शक–श्रोताका लागि छिट्टै नयाँ–नयाँ सांगीतिक कोसेली ल्याउने तयारीमा रहेको उनको भनाइ छ।

लामो अन्तरालपछि पुनः सक्रिय भएका गायक सोयल लामाको यो पुनरागमनले मकवानपुरसहित तामाङ सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

८ वर्षपछि संगीतमा पुनरागमन : मकवानपुरे गायक सोयल लामाको नयाँ गीत बजारमा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.