अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

काठमाडौं, पुस २६ गते । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सिम कार्डको स्वामित्व आफ्नै नाममा अद्यावधिक गर्न मिल्ने अनलाइन केवाईसी सेवा सञ्चालनमा ल्याएको छ।

लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गर्दै आएका वा व्यक्तिगत विवरण सच्याउन बाँकी रहेका ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार अब सिमको स्वामित्व परिवर्तन वा विवरण अद्यावधिकका लागि टेलिकमको कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। ग्राहकले टेलिकमको आधिकारिक वेबसाइट corporate.ntc.net.np मा गएर अनलाइन फारम भरेर घरबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्।

अनलाइन केवाईसी अद्यावधिक वा सिम स्वामित्व दाबी गर्न केही आवश्यक कागजात अनिवार्य गरिएको छ। त्यसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रयोगमा रहेको सिमबाट हालै सम्पर्क भएका पाँचवटा मोबाइल नम्बरको विवरण र हालसालै खिचिएको डिजिटल फोटो समावेश गर्नुपर्नेछ।

नेपाल टेलिकमका अनुसार यस सेवाले ग्राहकको समय र खर्च दुवै बचत गर्नुका साथै सेवा पहुँचलाई अझ सरल र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.