मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

मनहरी गाउँपालिका, पुस २८ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ मा डिजिटल मिडिया, प्रविधि र युवा नेतृत्व विकासलाई केन्द्रमा राखिएको तीनदिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ। २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम युवालाई जिम्मेवार डिजिटल नागरिक बनाउने लक्ष्यसहित आयोजना गरिएको हो।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सुरु भएको कार्यक्रम सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह मनहरी–६ को सहकार्यमा नमस्ते मनहरी मिडिया प्रा.लि. मनहरी, मकवानपुरद्वारा आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन नमस्ते मनहरी मिडिया प्रा.लिका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत देवेन्द्र गोले, समूहका सचिव रमेश कार्की, प्रमुख अतिथि युवराज थपलिया तथा वन समूहकी अध्यक्ष पार्वती मोक्तान लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

अभिमुखीकरणका क्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र तामाङले डिजिटल सुरक्षा, सामाजिक सञ्जालको सचेत प्रयोग तथा भ्रमपूर्ण समाचारले समाजमा पार्ने असरबारे सहजीकरण गरेका छन्। आयोजकका अनुसार कार्यक्रमले युवामा प्रविधिप्रति सचेतना बढाउनुका साथै नेतृत्व विकास र सामाजिक उत्तर दायित्वबोधमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन भने पत्रकार अन्जना न्यासुर तामाङले गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.