मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

हेटौँडा, फागुन १६ गते । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा चुनावी माहोल क्रमशः नेपाली कम्युनिस्ट पार्टीको पक्षमा ढल्कँदै गएको देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी नेकपामा प्रवेश गर्ने स्थानीयको संख्या उल्लेखनीय रूपमा बढेको पार्टीले जनाएको छ।

विशेषगरी मकवानपुर–१ अन्तर्गत बागमती गाउँपालिका–५ बगेरीको माझी बस्तीमा देखिएको दल परिवर्तनले चुनावी चर्चा थप तातेको छ। शुक्रबार आयोजित चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम तथा पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

यसै क्रममा बागमती गाउँपालिका–६ कायरमा आयोजित भेटघाट तथा चुनावी सभामा स्थानीयवासीले उम्मेदवार गौतमप्रति खुला समर्थन जनाए। त्यस्तै, वडा नम्बर–८ शान्तीपुरमा घरदैलो भेटघाटसँगै मोटरसाइकल र्‍याली सम्पन्न भयो भने वडा नम्बर–७ पथिभरामा भएको सभामा ठूलो संख्यामा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

शुक्रबारकै दिन नेकपाले फापरबारी बजार, शान्तीपुर, झुर्झुरे, बगेरी, बाख्रे, लामीटार र रातोमाटे लगायतका स्थानमा भेटघाट तथा चुनावी सभा सञ्चालन गरेको थियो। उम्मेदवार गौतमसहितको टोलीले फापरबारी बजारमा मतदातासँग घरदैलो भेटघाटसमेत गर्दै उत्साहजनक समर्थन प्राप्त गरेको जनाइएको छ। यस्तै बागमती गाउँपालिका–६ अर्नादमारमा पनि टोलभेला र घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

उम्मेदवार विजय गौतमले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै केही दिनअघि सार्वजनिक गरेको प्रतिबद्धतापत्र कार्यक्रममा २६ देखि २७ सय मतको अन्तरले चुनाव जित्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.