नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

हेटौँडा, फागुन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई जनमतको परिवर्तनको संकेत भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसपटकको निर्वाचनमा जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ देखिएको बताएका हुन्। उनले जनताले देखाएको परिवर्तनको चाहनालाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

घलानले पुराना राजनीतिक दलहरूको नेतृत्वमा देखिएको कमजोरीका कारण पनि जनताको मत परिवर्तन भएको उल्लेख गरेका छन्। उनले जनमतको लहरलाई सकारात्मक रूपमा ग्रहण गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेका छन्।

साथै उनले जनमतलाई विवेकपूर्ण ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। कहिलेकाहीँ जनताले ल्याइदिएको ठूलो जनलहर ‘सुनामी’ जस्तै बन्न सक्ने र त्यसले देश र जनतालाई नै क्षति पुर्‍याउन सक्ने भन्दै उनले सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्।

उनले जनमतको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र जिम्मेवारीका साथ काम गर्न नयाँ जनप्रतिनिधिहरूलाई आग्रह पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.