नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

काठमाडौँ, चैत १ गते । सामान्य सडक विवादले हिंसात्मक रूप लिएपछि भक्तपुरको नगरकोट क्षेत्रमा दुई मोटरसाइकल राइडरमाथि कार चालकले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चालकको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ।

‘बागमती बीएसी ५२८१’ नम्बरको स्यान्ट्रो कारका चालकले बीच सडकमै राइडरहरूलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो बाहिरिएको हो। भिडियोमा देखिएअनुसार रोकिएको गाडीलाई कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल राइडर दुर्घटनाबाट मुस्किलले जोगिएका थिए।

घटनापछि अगाडि रोकिएर भएको भनाभनका क्रममा कार चालक आक्रामक बन्दै राइडरहरूलाई हातपात गरेको देखिन्छ। उनले ज्यान मार्ने धम्की दिँदै गालीगलौज गरेको, राइडरहरूले प्रयोग गरिरहेको गोप्रो क्यामेरा फुटाइदिने धम्की दिएको, बाइकको चाबी खोसेको र एउटा मोटरसाइकल भुइँमा लडाइदिएको दृश्य भिडियोमा देखिन्छ।

राइडरहरूले ‘हाम्रो गल्ती भयो, सरी दाइ’ भन्दै माफी मागे पनि चालक भने शान्त नभई उल्टै ‘हाइवेमा जे पनि गरिदिन्छु’ भन्दै दादागिरी देखाएको सुनिन्छ। भिडियोको अन्त्यतिर चालकले धम्क्याउँदै राइडरमध्ये एक जनाको फोन नम्बर समेत लिएको देखिन्छ।

पीडित राइडरहरू युट्युब च्यानल ‘RG Rider Vlog’ का विशाल तामाङ र ‘RB Vlog Legend’ का लक्सकुमार राई रहेको खुलेको छ। उनीहरूका अनुसार घटना शनिबार मध्यान्ह करिब १२ बजे भक्तपुरको तेलकोट (नगरकोट) क्षेत्रमा भएको हो।

पीडितहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन्। प्रहरीले घटनामा संलग्न कार चालकको खोजी गर्दै अनुसन्धान सुरु गरिएको जनाएको छ। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चालकको व्यवहारप्रति तीव्र आलोचना हुँदै कडा कारबाहीको माग उठिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.