समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

हेटौँडा, चैत २ गते । श्रम संस्कृति पार्टी मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गर्दै समानुपातिक उम्मेदवारी फिर्ता लिएको विषयमा स्पष्टिकरण दिएको छ।

सोमबार हेटौडा–१० स्थित दर्शन पार्टी प्यालेस मा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार बनेकी मन्दिरा मोक्तान ले आफूले स्वेच्छाले उम्मेदवारी फिर्ता लिएको बताइन्।

हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरबाट समानुपातिक तर्फ संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउँदा पनि एक्कासी उम्मेदवारी फिर्ता लिएको विषयलाई लिएर विभिन्न किसिमका चर्चा–परिचर्चा भएपछि वास्तविकता स्पष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताइन्।

मोक्तानले आफूलाई विश्वास गरेर समानुपातिक तर्फ मत दिएका मकवानपुरवासीप्रति आभार व्यक्त गर्दै भनिन्, “मलाई विश्वास गरेर यहाँका जनताले मत दिनुभएकोमा म अत्यन्त आभारी छु। तर समावेशिता, परिस्थिति र भौगोलिक हिसाबले मैले मधेस प्रदेशलाई प्राथमिकता दिएको हुँ।”

उनका अनुसार आफूले अध्ययन तथा विभिन्न गतिविधि मधेस प्रदेशमा गरेका कारण सो क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने सोचका साथ उम्मेदवारी फिर्ता लिएको हो। उनले समानुपातिक सूचीमा आफ्नो नाम यसअघि नै समावेश भइसकेको र आफूले धरान पुगेर पनि त्यसबारे जानकारी पाइसकेको बताइन्।

उम्मेदवारी फिर्ता लिएपछि बाहिर विभिन्न किसिमका हल्ला फैलिएको उल्लेख गर्दै उनले आर्थिक लेनदेनका आरोप निराधार भएको स्पष्ट पारिन्। “कसैले पैसामा बिकेर टिकट फिर्ता लिएको भन्ने आरोप लगाएका छन्, तर त्यो पूर्ण रूपमा गलत हो। मेरो उम्मेदवारी कुनै आर्थिक लेनदेनका लागि थिएन,” उनले भनिन्।

उनले आफ्नो निर्णय पार्टीको समावेशी नीति र भविष्यलाई ध्यानमा राखेर लिएको बताउँदै आगामी दिनमा प्रत्यक्ष निर्वाचनमार्फत पनि प्रतिस्पर्धा गर्ने सम्भावना रहेको उल्लेख गरिन्।

मोक्तानले आफू कसैको दबाबमा परेर उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पार्दै पार्टीका अन्य साथीलाई अवसर दिने उद्देश्यले यो निर्णय लिएको बताइन्।

उनले उम्मेदवारी फिर्ताको विषयमा धेरै शुभेच्छुक तथा समर्थकले फोन र सन्देशमार्फत सोधपुछ गरेपछि सबैलाई एउटै माध्यमबाट जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पनि बताइन्।

पत्रकार सम्मेलनमा पार्टीका मकवानपुर जिल्ला अध्यक्ष युनिस लामा, केन्द्रीय सदस्य सुन्दर लामा लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.