पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं, चैत्र ३ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको जानकारी दिइएको छ।

महाशाखाले आज दिउँसो पनि देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, यी प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज रातिको मौसम पूर्वानुमान अनुसार गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ।

त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.