जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

हेटौँडा, चैत ३ गते । जेन जि आन्दोलनका कारण हेटौँडा उपमहानगरपालिकामा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको छ। आन्दोलनको क्रममा उपमहानगरपालिका कार्यालय, सवारी साधन, वडा कार्यालय तथा सहरी स्वास्थ्य केन्द्रमा करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

यस घटनापछि संरचना तथा महत्वपूर्ण कागजातहरू नष्ट हुँदा उपमहानगरको आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ। जसका कारण विकास निर्माणका कार्यहरू प्रभावित बनेका छन्। जनप्रतिनिधिहरूका अनुसार निरन्तर प्रयासका बाबजुद हालसम्म कुल विकास बजेटको १० प्रतिशत मात्र खर्च हुन सकेको छ।

आन्तरिक आम्दानी घट्नुका साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा धेरै योजनाहरू अलपत्र पर्ने जोखिम बढेको छ। आर्थिक अभावको यो खाडल कहिले र कसरी पूर्ति हुन्छ भन्ने अझै अन्योलमै छ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल ले वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा जनप्रतिनिधिहरूको घरमा आगजनी, कार्यालयमा तोडफोड र कार्यकक्षमै असुरक्षित अवस्था सिर्जना भएको उल्लेख गर्दै आफूहरू निरन्तर दबाब र असुरक्षाबीच काम गर्न बाध्य भएको बताए।

उनका अनुसार, “हामी फ्रन्टलाइनमा बसेर दिनरात काम गरिरहेका छौँ, तर निरन्तर आलोचना मात्र सहनुपरेको छ। समाज सेवामा जुटेका जनप्रतिनिधिहरूलाई यसरी निरुत्साहित बनाउनु दुःखद हो।”

वडाध्यक्ष सिग्देलले आफूहरूमाथि लागिरहेका आरोपहरूको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै छानबिन प्रक्रिया हेटौँडा उपमहानगरपालिका र विशेषगरी वडा नं. ४ बाट सुरु गर्न आह्वान गरेका छन्।

“यदि वास्तवमै भ्रष्टाचारको छानबिन गर्ने हो भने, सबैभन्दा पहिले हाम्रो वडा कार्यालयबाट सुरु गरियोस्,” उनले भने, “हामीले गरेका कामहरूको प्रभावकारिता, उपलब्धि र कमजोरी सबैलाई तथ्यसहित सार्वजनिक गरिनुपर्छ।”

जनप्रतिनिधिहरूले जीवन जोखिममा राखेर काम गरिरहेको उल्लेख गर्दै उनीहरूले आफूहरूमाथि भइरहेको अनावश्यक आरोप र व्यवहारप्रति खेद व्यक्त गरेका छन्। साथै, वर्तमान संकट समाधानका लागि जिम्मेवार र तथ्यमा आधारित पहल गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.