चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

हेटौँडा, चैत ५ गते । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारण सभा आगामी चैत्र २१ गते शनिबार आयोजना गर्ने भएको छ। फागुन १५ गते बसेको संघको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। त्यसैगरी, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

महासचिव प्रतिमा श्रेष्ठले साधारण सभामा संघको विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी भइरहेको जानकारी दिए।

यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी २०८२ पनि हुने भएको छ। प्रदर्शनीमा प्रदेशका विभिन्न जिल्लाबाट किसानहरूले उत्पादन गरेका कृषि उपज, रैथाने बाली, साथै आधुनिक कृषि औजार, उपकरण र प्रविधिहरू प्रदर्शन गरिने बताइएको छ।

समिति संयोजक निलम पाण्डेका अनुसार उक्त प्रदर्शनी चैत्र १३ गतेदेखि १६ गतेसम्म सोही पल्पसा हलमा सञ्चालन गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.