हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

हेटौँडा, चैत ६ गते । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो जारी गरेको चेतावनीअनुसार आज देशका विभिन्न स्थानमा प्रतिकूल मौसम देखिएको छ। सोही मौसमी प्रणालीको प्रभाव मकवानपुर जिल्लाको हेटौडामा पनि प्रत्यक्ष रूपमा परेको छ।

हावाहुरी, बतास, असिना तथा वर्षासहित आएको तीव्र मौसमी वायु प्रणालीका कारण हेटौडाको जनजीवन प्रभावित बनेको छ। विशेषगरी हेटौडामा गत फागुन २९ गतेदेखि सञ्चालनमा रहेको दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२ मा पनि यसको असर देखिएको छ।

मेला प्राङ्गण आसपासका विभिन्न टहरा तथा आकर्षणका संरचना, विशेषगरी ‘लन्डन ब्रिज’ मा क्षति पुगेको देखिएको छ। खराब मौसमकै कारण आजका लागि तय गरिएको चर्चित लोकदोहोरी गायिका ज्योति मगरको विशेष सांगीतिक प्रस्तुति पनि स्थगित गरिएको आयोजकले जनाएको छ।

यसैबीच, हावाहुरीका कारण मकवानपुरका विभिन्न स्थानमा सडक किनारका रुखहरू ढल्नुका साथै घरका जस्तापाता उडेको र केही विद्युत पोलमा समेत क्षति पुगेको छ। यसले गर्दा हेटौडाका स्थानीय बासिन्दाले केही समय विद्युत अवरोधको समस्या भोग्नुपरेको थियो। यद्यपि हाल विद्युत सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिनसम्म यस्तै प्रतिकूल मौसम रहने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.