पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

काठमाडौँ, चैत १२ गते । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा तयार पारिएको प्रतिवेदनप्रति गम्भीर असहमति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित उक्त आयोगले आफ्नो क्षेत्राधिकार नाघेर पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा गरेका केही सिफारिसहरू आपत्तिजनक रहेको महासङ्घको ठहर छ।

महासङ्घका अनुसार प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्म विपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधानहरूले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय झल्काउँछन्। विशेषगरी पत्रकार बन्नका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने र १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार वा सहायक सम्पादकका रूपमा काम गरेको हुनुपर्ने जस्ता प्रस्तावहरूलाई महासङ्घले हास्यास्पद र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको सुझावको रूपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा संविधान र विद्यमान कानुनी प्रावधान विपरीत पत्रकार तथा सञ्चारमाध्यम सम्बन्धी विषयमा गरिएको टिप्पणीप्रति पनि महासङ्घले असहमति प्रकट गरेको छ। महासङ्घले उक्त प्रतिवेदन समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित देखिएको उल्लेख गर्दै यसले भविष्यमा राज्य संयन्त्रलाई निर्देशित गर्ने प्रयास गरेको संकेत दिएको जनाएको छ।

महासङ्घले नेपाली पत्रकारहरू लोकतन्त्रप्रति निष्ठावान रहेको स्पष्ट पार्दै राज्यका सबै निकायलाई यसबारे सचेत गराएको छ। साथै पत्रकार आचारसंहिता पालना गर्दै स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गर्ने जुनसुकै प्रयासको कडा प्रतिवाद गर्ने चेतावनीसमेत महासङ्घले दिएको छ।

उक्त प्रेस विज्ञप्तिमा महासचिव रामप्रसाद दाहालको हस्ताक्षर रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

पत्रकारिताको स्वतन्त्रताविरुद्ध आयोगको प्रतिवेदनप्रति महासङ्घको आपत्ति

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.